उपराष्ट्रपति निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

उपराष्ट्रपति निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत आज उम्मेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ।

आज उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको निर्वाचन कार्यतालिकामा उल्लेख छ।

यसअघि उपराष्ट्रपतिको निर्वाचनका लागि हिजो उम्मेदवारको मनोनयन दर्ता गरिएको थियो । हिजो नै उम्मेदवारविरुद्ध उजुरी दिने निर्वाचन कार्यतालिका थियो।

उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको छ। राष्ट्रपति पदमा पुरुष निर्वाचित भइसकेको भन्दै नेकपा एमाले र जनमत पार्टीले यादवको उम्मेदवारी खारेजको मागसहित उजुरी दिएका हुन् ‍। राष्ट्रपति र उपराष्ट्रपति छुट्टाछुट्टै लिङ्गको हुनु पर्ने संवैधानिक प्रावधान रहेको उनीहरूको जिकिर छ।

Tags :
प्रतिक्रिया दिनुहोस