बैतडीमा आगलागीबाट बाह्र लाखको क्षति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बैतडीमा आगलागीबाट बाह्र लाखको क्षति


२७ फाल्गुन २०७९, शनिबार


बैतडी । बैतडीमा आगलागी हुँदा १२ लाखभन्दा बढीको क्षति भएको छ ।

मेलौली नगरपालिका-७ हरिपुरबजारस्थित कृष्णसिंह भण्डारीको ‘न्यू ऊर्जा ट्रेडर्स’मा गए राति आगलागी हुँदा क्षति भएको हो ।

विद्युत् सट भई आगलागी हुँदा पसलको सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । आगलागी लगत्तै स्थानीयवासी र प्रहरीले आगो निभाएका थिए ।

आगलागीबाट हिटर, सोलार, तारलगायत विद्युतीय सामान जलेर नष्ट भएपछि पसल सञ्चालक भण्डारीले राहतका लागि इलाका प्रहरी कार्यालय मेलौलीमा निवेदन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस