सोमपाल कामीले क्यानडाको घरेलु लिग खेल्ने « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

सोमपाल कामीले क्यानडाको घरेलु लिग खेल्ने


२७ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । नेपाली क्रिकेटर सोमपाल कामीले आगामी जुनमा हुने क्यानडाको घरेलु क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।

तीव्र गतिका बलर कामीले क्यानडामा आयोजना हुने फ्लावर सिटी टी-ट्वान्टी लिग २०२३ खेल्ने भएका हुन्।

सो लिगमा कामी ओटावा फाल्कोनमा आबद्ध भएका छन् ।

सोमपाल आबद्ध टोलीमा वेस्ट इण्डिजका विकेट किपर चाडविक वाल्टन लगायतका खेलाडी आबद्ध रहेका छन् ।

लिगमा फल्कोन सहित टोरन्टो लायन्स,वाटरलोड किंग्स,ह्यामील्टन वन्डर्स,मिस्सिसौगा स्कोरपियन्स र ब्राप्टन राईट्सको सहभागिता रहने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस