‘तीन तहका सरकारबीच समन्वय भए प्रदेश सरकार सफल हुन्छ’  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

‘तीन तहका सरकारबीच समन्वय भए प्रदेश सरकार सफल हुन्छ’ 


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । बागमती प्रदेशका पूर्वमुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डेले तीन तहका सरकारबीच समन्वय गरेर अघि बढ्न सके सबै प्रदेश सरकार हरेक हिसाबले आत्मनिर्भर र सहजरूपमा चल्न सक्ने बताएका  छन् ।  

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भइरहेको प्रदेशको अभ्यास र उपलब्धिबारे कुराकानी गर्दै उनले देशको समृद्धि र जनहितका लागि प्रदेश हाँक्ने दृढ नेतृत्व भएमा पाँच वर्षभित्र सबै प्रदेश आर्थिक हिसाबले आत्मनिर्भर बन्न सक्ने जिकिर गरे ।

पूर्वमुख्य मन्त्री पाण्डेले भने, “मुलुकमा उपलब्ध र साधन स्रोतको सदुपयोगमा केन्द्रीय मन्त्रालयले सहज भूमिका र प्रदेश मन्त्रालयले केही मेहनत गर्ने हो भने पाँच वर्षभित्र नै प्रदेशलाई केन्द्रबाट बजेट दिन नपर्ने बनाउन सकिन्छ ।” 

प्रदेश यातायात मन्त्रालयले अलि मेहनत गरेमा वार्षिक रूपमा रु २० अर्ब आम्दानी गर्न सक्ने बताउँदै उनले केन्द्रले सहजीकरण गरेमा अहिले आयात गरिँदै आएको रु २० अर्ब बराबरको काठ तथा काठजन्य सामग्री स्वदेशमै उत्पादन गर्न कुनै कठिनाइ नहुने उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस