स्ववियु निर्वाचन : आज मनोनयन पत्र वितरण « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

स्ववियु निर्वाचन : आज मनोनयन पत्र वितरण


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि आज उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ । गत फागुन १९ गतेबाट सुरु भएको निर्वाचन कार्यक्रमअनुसार आज मनोनयन पत्र वितरण कार्यक्रम हुन लागेको हो ।

त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका अनुसार बिहान ११ बजे देखी २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनयन पत्र वितरण गर्ने कार्यक्रम तय भएको हो ।

भोलि प्रत्यक्षतर्फ तथा समानुपातिकतर्फको उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको नामावली पनि भोलि नै प्रकाशन गर्ने निर्वाचन समितिको तयारी छ ।

आगामी चैत ५ गते त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव हुँदैछ ।

फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी-विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस