गोविन्द न्यौपानेको स्वास्थ्य अवस्था बुझ्न ट्रमा सेन्टर पुगे माधव नेपाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गोविन्द न्यौपानेको स्वास्थ्य अवस्था बुझ्न ट्रमा सेन्टर पुगे माधव नेपाल


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । सांसद गोविन्द न्यौपानेको स्वास्थ्य अवस्था बुझ्न माधवकुमार नेपाल ट्रमा सेन्टर पुगेका छन् । सांसद न्यौपाने राष्ट्रपति निर्वाचनका क्रममा मतदान गरी बाहिरिँदा संसद् भवनमै चिप्लिएर घाइते भएका थिए ।

सप्तरी प्रदेशसभा (क) बाट एकीकृत समाजवादीका तर्फबाट निर्वाचित सांसद न्यौपाने बिहान ११ः३८ बजेको आसपासमा चिप्लिएर लडेका थिए ।

उनको टाउकोमा चोट लागेको छ । चिकित्सकहरूले स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस