गण्डकीमा नयाँ सरकार बनाउने आन्तरिक गृहकार्य सुरु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गण्डकीमा नयाँ सरकार बनाउने आन्तरिक गृहकार्य सुरु


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ। गण्डकी प्रदेशले उपराष्ट्रपतिको चुनावपछि ‘विशेष अधिवेशन’ बोलाउने गठबन्धनको तयारी गरेको छ । काँग्रेस–माओवादी सांसदले नयाँ सरकार बनाउने आन्तरिक गृहकार्य सुरु गरेसँगै विशेष अधिवेशन’ बोलाउने तयारी गरिएको हो ।

एक माओवादी सांसदका अनुसार २५ गते राष्ट्रपति निर्वाचन लगत्तै सङ्घमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने र चैत ३ गते उपराष्ट्रपति निर्वाचनपछि मुख्यमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिइनेछ ।

मुख्यमन्त्री खगराज अधिकारीले आफू नेतृत्वको सरकार ढल्ने सुइँको पाएसँगै प्रदेशसभाको हिउँदे अधिवेशन नै अन्त्य गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस