श्री एयरलाइन्सका यात्रुलाई अर्को उडानमार्फत भैरहवा लैजाने तयारी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

श्री एयरलाइन्सका यात्रुलाई अर्को उडानमार्फत भैरहवा लैजाने तयारी


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्सको यात्रुहरूलाई अर्को उडानमार्फत भैरहवा लगिने भएको छ ।

काठमाडौँबाट बिहीबार बिहान भैरहवाका लागि उडेको श्री एयरलाइन्सको ८८१ नम्बरको विमान उडान लगत्तै इन्जिनमा समस्या देखिएपछि त्रिभुवन विमानस्थल नै फर्काइएको थियो ।

श्री एयरलाइन्सका अनुसार सोही जहाजमा सवार ७४ जना यात्रुहरूलाई अर्को फ्लाइटमार्फत भैरहवा पठाइने छ । इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको जहाजमा चार जना चालक दलसहित ७४ जना यात्रु सवार रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस