नेपालको दोस्रो विकेट पतन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

नेपालको दोस्रो विकेट पतन


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम शृङ्खलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

कुशल मल्ल २ रन बनाएर आउट भएका हुन् । उनले ८ बल खेले । कुशललाई पनि पीएनजीका रिले हेकुरेले २०.६ ओभरमा एलेइ नाओबाट क्याचआउट गराएका हुन् ।

२२ ओभरको खेल सकिँदा नेपालले २ विकेट गुमाएर १२४ रन बनाएको छ । ओपनर आसिफ शेख ७० रन बनाएर खेलिरहेका छन् ।

नेपालले पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको थियो । हेकुरेकै बलमा आउट हुनुअघि कुशलले ५६ बलमा ४५ रन बनाएका थिए । कुशल र आसिफले पहिलो विकेटका लागि ११० रनको साझेदारी गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस