जजिरा एयरलाइन्सको भैरहवा–कुवेत उडान सुरु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जजिरा एयरलाइन्सको भैरहवा–कुवेत उडान सुरु


२५ फाल्गुन २०७९, बिहिबार


तिलोत्तमा । जजिरा एयरलाइन्सले मार्च ९ तारिख (बिहीबार)देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–कुवेत र कुवेत–भैरहवा उडान सुरु गरेको छ ।

८१ दिनदेखि उडान रोकेको उक्त एयरलाइन्सले बिहीबारदेखि उडान पुनः सञ्चालन गरेको हो ।

बिहीबार बिहान ७ बजेर १५ मिनेटमा ६६ जना यात्रुसहित जजिराको विमान भैरहवामा अवतरण भएको छ । उक्त जहाज बिहान २स्१५ बजे कुवेतबाट उडेको थियो ।

भैरहवाबाट ८:२० बजे फर्किएको उक्त जहाजले ९३ यात्रु लिएर गएको हो । उक्त एयरलाइन्समा कुवेतका साथै कुवेतलाई ट्रान्जिट बनाएर अन्य मुलुक जाने यात्रुसमेत रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस