महिला कैदीबन्दीलाई टेलिभिजन प्रदान  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

महिला कैदीबन्दीलाई टेलिभिजन प्रदान 


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला कैदीबन्दीका लागि टेलिभिजन प्रदान गरिएको छ। जिल्ला कारागार तनहुँमा रहेका महिला कैदीबन्दीलाई समसामयिक गतिविधि हेर्न र बुझ्न सहज बनाउने उद्देश्यले व्यास नगरपालिकाले टेलिभिजन प्रदान गरेको हो।

महिला कैदीबन्दी रहेको ब्लकमा टेलिभिजन नभएको र उनीहरूलाई समसामयिक गतिविधि जान्ने अधिकार प्राप्त भएको जिल्ला कारागार तनहुँका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए।

नगरपालिकाले ३२ इन्चको टेलिभिजन महिला कैदीबन्दीको ब्लकका लागि सहयोग गरेको उनले बताए।

महिला बन्दीगृहमा रहेर विविध मुद्दामा कैद सजाय भोगिरहेका कैदीबन्दीलाई देशको गतिविधि तथा खेलकुदका गतिविधि हेर्न, बुझ्न पाउने अधिकारलाई पूर्ति गर्न नगरपालिकाले सहयोग गरेको व्यास नगरपालिकाका उपप्रमुख दरैले जानकारी दिए।

जिल्ला कारागार तनहुँमा तीनवटा ब्लकमा कैदीबन्दी रहेका छन् । ए र बी ब्लकमा पुरुष कैदीबन्दी छन् भने सी ब्लकमा महिला कैदीबन्दी राखिएको छ । महिला १६ र पुरुष दुई सय ८६ कैदीबन्दी रहेको जिल्ला कारागार तनहुँले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस