अन्नपूर्ण केबलकारमा ५० प्रतिशत छुटको घोषणा « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

अन्नपूर्ण केबलकारमा ५० प्रतिशत छुटको घोषणा


२४ फाल्गुन २०७९, बुधबार


पोखरा । पोखराको अन्नपूर्ण केबलकारले फागुन २२ देखि केबलकारमा भारी छुटको घोषणा गरेको छ।

यो योजना सोमबारदेखि पोखरा घुम्ने नेपाली पर्यटकका लागि सुरु भइसकेको छ। पोखराको आन्तरिक पर्यटन प्रवर्द्धनका लागि कम्पनीले यस्तो व्यवस्था गरेको हो।

यसअघि कायम गरिएको दर रेटमा ५० प्रतिशतसम्म छुट प्रदान गरिएको थियो ।

कम्पनीका अनुसार बिहान ५ बजेदेखि साढे ७ बजेसम्म सराङकोटबाट सूर्योदय अवलोकनका लागि जान चाहने पर्यटकले दुईतर्फी भाडा ४ सय मात्रै तिरे पुग्छ।

यसअघि सो समयमा ७ सय रुपैयाँ भाडा थियो। त्यसमा भारी छुट प्रदान गर्दै पर्यटकलाई सहजता प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ।

त्यसमा पनि अपाङ्गता भएका व्यक्तिलाई लक्षित गर्दै दुईतर्फी भाडा तीन सय ५० रुपैयाँ कायम गरिएको छ। त्यस्तै विद्यार्थी र बालबालिकालाई पनि छुट प्रदान गरिएको छ।

विद्यार्थी र बालबालिकाका लागि बिहान ५ बजेदेखि साढे ७ बजेसम्म दुईतर्फी ४ सय र एकतर्फी यात्राका लागि २ सय रुपैयाँ शुल्क तय गरिएको छ।

साढे ७ बजेदेखि ८ बजेसम्मको समय ‘ब्रेक’ राखिएको छ। बिहान ८ बजेदेखि साढे १ बजेसम्मका लागि भने पहिलेकै भाडादर तय गरिएको छ। जसमा यो समयमा यात्रा गर्ने अपाङ्गता, बालबालिका र विद्यार्थीबाहेकलाई दुईतर्फी भाडा ७ सय रुपैयाँ पर्छ।

बिहानी सेवाजस्तै दिउँसो २ बजेदेखि ६ बजेसम्म यो सेवा प्रदान गर्न लागिएको अन्नपूर्ण केबलकारले जनाएको छ।

पर्यटकीय नगरी पोखराको सदीबेगरदेखि सराङकोटसम्म केबलकारमा यात्रा गर्न सकिन्छ। केबलकारले सूर्य दर्शन सेवा तथा सूर्यास्तको अवलोकनका लागि यो सेवा प्रदान गरिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस