बङ्गलादेशमा विष्फोट : मृत्यु हुनेको संख्या १५ नाघ्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बङ्गलादेशमा विष्फोट : मृत्यु हुनेको संख्या १५ नाघ्यो


२४ फाल्गुन २०७९, बुधबार


ढाका । बङ्गलादेशको ढाकास्थित एक व्यावसायिक भवनमा भएको शक्तिशाली विस्फोटमा परी मृत्यु हुनेको संख्या १५ जना नाघेको छ । १०० भन्दा बढी घाइते भएका छन् ।

ढाका मेडिकल कलेज शिक्षण अस्पतालका एक अधिकारीका अनुसार विष्फोटस्थलबाट १४ जनाको शव अस्पतालमा ल्याइएको छ । अस्पतालका निर्देशक ब्रिगेडियर जनरल मोहम्मद नजमुल हकले अस्पतालमा १ सय भन्दा बढी घाइतेको उपचार गरिएको तथा धेरैलाई सघन उपचार कक्षमा राखिएको बताएका छन् ।

घटनास्थलमा कम्तीमा ११ वटा दमकलले परिचालन भएका छन् । विस्फोटबाट पुरानो ढाकाको सिद्धिकी बजार क्षेत्रमा एउटा साततले र अर्को पाँच तले दुई वटा भवनमा क्षति भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

विष्फोट साततले भवनमा भएको हो । विस्फोटबाट नजिकैको भवनमा रहेको बैङ्कमा पनि क्षति भएको छ भने सडकको छेउमा रहेको यात्रुवाहक बसमा पनि क्षति भएको छ । विस्फोटको कारण खुलेको छैन ।

बेलाबेलामा बङ्गलादेशमा कारखानामा कामदार फस्नेलगायत औद्योगिक दुर्घटना भई रहन्छन् । प्रभावकारी सुरक्षा उपाय अवलम्बन नगर्दा यस्ता दुर्घटना हुने गरेको आरोप पीडित पक्षले लगाउँदै आएको छ । गत वर्ष देशको मुख्य बन्दरगाह चट गाउँ नजिक रहेको सिपिङ कन्टेनर डिपोमा आगो लाग्दा नौ जना अग्निनियन्त्रकसहित ४१ जनाले ज्यान गुमाएका थिए भने एक सयभन्दा बढी घाइते भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस