गठबन्धनमा दल थप गर्नेबारे छलफल « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

गठबन्धनमा दल थप गर्नेबारे छलफल


२३ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । सत्ता गठबन्धनलाई थप विस्तार गर्ने विषयमा सत्ताघटकका दलहरूमा छलफल प्रारम्भ भएको छ ।

सत्ताघटक दलको बैठकपछि प्रतिक्रिया दिने क्रममा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले गठबन्धनमा रहने दलको संख्या बढ्न सक्ने बताए ।

‘गठबन्धन विस्तार गर्ने छलफलको प्रारम्भ भएको छ । गठबन्धन ८ बाट १० पुग्ने सम्भावना छ,’ भुसालले भने, ‘डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी सम्मिलित हुँदा गठबन्धनमा नौ दल पुगेका छन् ।

राष्ट्रपतिको चुनावमा प्राविधिक तयारीका लागि मुख्य छलफल भएको नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । बिहीबार हुने राष्ट्रपति निर्वाचनमा व्यवस्थापन विषयमा छलफल भएको उनले बताए ।

मङ्गलवार दिउँसो नेपाली काँग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठक पछि खड्काले भने, ‘शक्ति बाँडफाँडमा आज छलफल प्रवेश गरेनौँ । राष्ट्रपतिको निर्वाचन पछि छलफल हुन्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस