४ अर्ब २५ करोड भारतीय रुपैयाँको लागुऔषध बरामद « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

४ अर्ब २५ करोड भारतीय रुपैयाँको लागुऔषध बरामद


२३ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । भारतको गुजरातमा चार अर्ब २५ करोड भारतीय रुपैयाँको लागुऔषध बरामद भएको छ । भारतीय तट रक्षकको सुरक्षा बलले गरेको संयुक्त खोजतलासका क्रममा चार अर्ब २५ करोड भारु बराबरको ६१ किलो खैरो हिरोइन बरामद गरेको बिबिसी हिन्दीले जनाएको छ ।

इरानबाट आएको डुङ्गामा लागुऔषध भेटिएको र पाँच जना पक्राउ परेका खबरमा उल्लेख छ । इरानबाट लागुऔषध आइरहेको गोप्य सूचनाको आधारमा सुरक्षा बलले खोजी अभियान चलाएको थियो ।

अहिले पक्राउ परेको गिरोह ठूलो अन्तर्राष्ट्रिय गिरोहसँग सम्बन्धित रहेको शङ्कामा अनुसन्धानलाई तीव्र बनाइएको बीबीसीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस