‘संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउन माओवादी नै बाधक’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउन माओवादी नै बाधक’


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउन नेकपा (माओवादी केन्द्र) बाधक बनेको आरोप लगाएका छन् ।

राष्ट्रपति पदको निर्वाचनका विषयमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित सांसद प्रशिक्षण कार्यक्रममा ओलीले आफू प्रधानमन्त्री हुँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउनका लागि बारम्बार भन्दा पनि ऐन, कानुन बनाउन नदिएको आरोप लगाए ।

उनले बेपत्ता छानबिन तथा सत्य निरूपणसम्बन्धी आयोगलाई काम गर्न पनि माओवादीकै मान्छेहरूले व्यवधान खडा गरेको जिकिर गरे । ओलीले शान्ति प्रक्रियालाई अविलम्ब टुङ्गाउनु पर्ने एमालेको धारणा रहेको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए ।

प्रशिक्षण कार्यक्रममा ओलीले पुस १० गते भएको सहमति तोड्दै राष्ट्रिय छलफलको कुरा गरेर प्रचण्डले छली कुरा गरेको आरोप लगाएका छन् । राष्ट्रिय राजनीतिलाई सही ट्रयाकमा ल्याउनका लागि एमालेका राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति गर्न उनले आह्वान गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस