आर्थिक समृद्धि हासिल गर्न एकजुट हुनुपर्छ : माधव नेपाल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आर्थिक समृद्धि हासिल गर्न एकजुट हुनुपर्छ : माधव नेपाल


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्ने कार्यदिशामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताएका छन्।

फागु पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै आर्थिक समृद्धि र राजनीतिक उपलब्धिको रक्षाका लागि एकजुट हुनुपर्ने बताएका हुन्।

मुलुकमा विविध जाति, समुदायका फरक–फरक पर्व र संस्कृतिले राष्ट्रलाई सांस्कृतिक रूपमा सम्पन्न बनाएको उल्लेख गरिएको उनले यसको संरक्षणबाट नेपाली समाजलाई एकताबद्ध गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। सबै समुदायका चाडपर्वले सम्पूर्ण नेपालीबीच एकापसमा सदभाव कायम गर्ने हुँदा त्यसको महत्त्व र विशेषतालाई प्रवर्द्धनका लागि उनले जोड दिएका छन्।

नेपालले जनताको सात दशक लामो सङ्घर्षले प्राप्त भएका राजनीतिक प्रणालीविरुद्ध भइरहेका गतिविधिप्रति चनाखो हुनुपर्ने पनि बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस