विश्वकपमा छनोट भएर यू-१९ टोली स्वदेश फिर्ता  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

विश्वकपमा छनोट भएर यू-१९ टोली स्वदेश फिर्ता 


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । विश्वकपमा छनोट भएको नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। 

युएईमा भएको विश्वकप छनोट खेलेर सन् २०२४ मा श्रीलङ्कामा हुने विश्वकप खेल्ने सुनिश्चित गरी टोली स्वदेश फर्किएको हो। 

नेपाली टोली आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो। आइसिसी यु–१९ विश्वकप एसिया छनोटको बिहीवार सम्पन्न खेलमा युएईमाथि सात रनको रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको थियो। 

यस जितसँगै नेपालले सन् २०२४ मा श्रीलङ्कामा हुने विश्वकप खेल्ने पक्का भएको थियो। नेपाल आएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रशिक्षक जगत टमाटाले नेपालको फिल्डङ र बलिङका कारण विश्वकपमा छनोट भएको बताए। 

उनले सबै खेलाडीहरूले मिहेनत गरेर खेल्दा जित हात पारेको र फाइनल खेलमा युएईसँगका अन्तिम तीन विकेट जादुमय भएको बताए। विश्वकप २०२४ मा हुँदै छ। 

त्यस्तै यु १९ टोलीका कप्तान देव खनालले सबै खेलाडीको मिहेनतले विश्वकपमा छनोट भएको बताए। 

नेपाल सन् २०१६ पछि पहिलो पटक विश्वकपका लागि छनोट भएको हो। यसअघि नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ को यु-१९ विश्वकप खेलेको थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस