बिन्दवासिनी म्युजिकका सञ्चालक रेग्मीविरुद्ध मुद्दा दर्ता  « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

बिन्दवासिनी म्युजिकका सञ्चालक रेग्मीविरुद्ध मुद्दा दर्ता 


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । बिन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीविरुद्ध मुद्दा दर्ता भएको छ। 

सरकारी वकिल कार्यालय काठमाडौँले बिहीबार काठमाडौँ जिल्ला अदालतमा रेग्मीविरुद्ध मुद्दा दर्ता गरेको हो। 

गत फागुन ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेको थियो। सामाजिक सञ्जालमा विभिन्न कलाकारहरूमाथि चरित्र हत्या गरेको आरोप उनीमाथि छ।

उनी थाइल्यान्डबाट स्वदेश फर्के लगत्तै पक्राउ परेका थिए।

रेग्मीविरुद्ध महेश आचार्य, प्रमोद खरेल, सत्यराज आचार्य र लक्ष्मण बिडारीले उजुरी दिएका थिए। रेग्मीले सामाजिक सञ्जालमार्फत आफूहरूको चरित्र हत्या गरेको भन्दै उनीहरूले बताएका थिए।

जाहेरीको आधार ब्युरोले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ को उपदफा ९१० बमोजिम कसूरमा अनुसन्धान गरेको थियो।

उक्त अनुसन्धान सकेर साइबर ब्युरोले प्रतिवेदन कार्यालयमा बुझाएको थियो। प्रहरीले रेग्मीविरुद्ध पीडितले निवेदनसहित दिएको स्क्रिनसट कागजातहरू प्रमाणको रूपमा पेस गरेको छ।

प्रहरी र कार्यालयले उक्त दफाअनुसार कसुर पुष्टि हुने दाबी गरेको छ। उक्त दफाअनुसार एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने उल्लेख छ। 

Tags :
प्रतिक्रिया दिनुहोस