कोईलासहित तीन वटा ट्याक्टर नियन्त्रणमा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कोईलासहित तीन वटा ट्याक्टर नियन्त्रणमा


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका ४ हर्कपुराबाट बिहीबार सशस्त्र प्रहरीले करिब १५ लाख रुपैयाँ बराबरको काठको कोईलासहित तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

भन्सार छली अवैध रूपले लु २ त १९०५, लु २ त ५४०९ र लु २ त १९११ नम्बरको ट्याक्टरमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त कोईलासहित ट्याक्टर सशस्त्र प्रहरी बिओपी भुजाहाले नियन्त्रणमा लिएको हो ।

ट्याक्टर जाँच गर्ने क्रममा उक्त ट्याक्टरका चालक भने फरार भएका थिए ।

नियन्त्रणमा ल्याइएको कोईलासहितको तीन वटै ट्याक्टर आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस