प्रदेश सरकारले ६ दिन मात्रै सार्वजनिक बिदा दिन पाउने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रदेश सरकारले ६ दिन मात्रै सार्वजनिक बिदा दिन पाउने


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । प्रदेश सरकारहरूले संघीय तहबाट तोकिएको बाहेक थप ६ दिन सार्वजनिक बिदा दिन पाउने भएका छन् ।

सरकारले बिदासम्बन्धी व्यवस्थामा सार्वजनिक बिदाका अतिरिक्त भन्दै प्रदेश सरकारहरूलाई यस्तो सुविधा दिएको हो ।

निर्णयमा भनिएको छ, ‘प्रदेश सरकारहरूले आ–आफ्नो प्रदेशको धर्म, संस्कृति र रीतिस्थिति समेतलाई दृष्टिगत गरी घोषणा गरेका बढीमा वर्षको ६ दिनसम्मको सार्वजनिक बिदा गर्ने ।’

यसअघि कतिपय प्रदेश सरकारहरूले आफूखुसी बिदाको निर्णय गरेका थिए । तर प्रदेश मातहतकै संघीय कार्यालयहरूले ती बिदा कार्यान्वयन नगर्दा अन्योल भएको थियो । यही समस्या हटाउन सरकारले वार्षिक ६ वटा त्यस्ता बिदामा प्रदेशमा रहेका संघीय सरकारका कार्यालयहरूमा समेत बिदा गर्ने’ घोषणा गरेको हो ।

प्रदेश सरकारले हरेक वर्ष सुरु हुनुभन्दा पहिले राजपत्रमा सूचना प्रकाशित गरी बिदा घोषणा गर्नुपर्नेछ र त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयहरूले गृह मन्त्रालयमा खबर गर्नुपर्नेछ ।

६ दिनभन्दा बढी हुने बिदाको निर्णय भने संघीय गृह मन्त्रालयले मात्रै गर्न पाउनेछ । काठमाडौँ उपत्यकाभित्रको जिल्लाहरूबारे भने गृह मन्त्रालयले निर्णय गर्ने उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस