ललितपुर महानगरले गर्‍यो १० सहकारी खारेज « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ललितपुर महानगरले गर्‍यो १० सहकारी खारेज


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । ललितपुर महानगरपालिकाले आफ्नो मातहतमा रहेका १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेको छ ।

महानगरको सहकारी ऐन, २०७५ अनुसार ५ वर्ष भन्दा बढी अवधिदेखि लेखा परीक्षण तथा साधारण सभा नगर्ने र विवरण नबुझाउने सहकारी संस्था खारेजीमा परेको हो ।

महानगरपालिकाले २०७९ असार १५ मा एक सूचना निकाल्दै सम्पर्कका लागि बोलावट भएका सहकारीहरूबाट सम्बन्धित पक्ष सम्पर्कमा नआएकोले २९ माघको बैठकले उक्त सहकारी संस्थाहरू खारेज गर्ने निर्णय भएको महानगरले जनाएको छ ।

खारेज भएका १० वटा सहकारी संस्थाहरूले तिर्नु बुझाउनु पर्ने कुनै दायित्व भए सम्बन्धित व्यक्तिले प्रमाण सहित साबिकका सञ्चालक समितिका पदाधिकारीहरूसँग सम्पर्क गरी फरफारक गर्न पनि महानगरले भनेको छ ।

महानगरको सूचनामा भनिएको छ, ‘अव उप्रान्त उक्त संस्थाहरूको नामबाट कुनै पनि कारोबार नगर्न/नगराउनु हुन समेत जानकारी गराइन्छ । ’

हेर्नुहोस् खारेजीको सूची:

Tags :
प्रतिक्रिया दिनुहोस