दुर्गा प्रसाईं एमालेबाट निष्कासित « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

दुर्गा प्रसाईं एमालेबाट निष्कासित


१३ फाल्गुन २०७९, शनिबार


काठमाडौँ। नेकपा एमालेले दुर्गा प्रसाईँलाई पार्टीबाट निष्कासन गरेको छ ।

शनिबार बसेको सचिवालय बैठकले प्रसाईंलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । एमाले प्रदेश १ कमिटीले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

पार्टीको नीति सिद्धान्त विपरीत गतिविधि गरेको भन्दै उनलाई कारबाही गरिएको एमाले नेताहरूले बताएका छन् ।

प्रसाईंले केही दिनअघि पार्टीको नीति विपरीत पूर्व राजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारलाई निमन्त्रणा गरेर छुट्टै अभियान सुरुवात गरेका थिए । उनले देशमा हिन्दु राष्ट्र र राजतन्त्र फर्काउने पनि वकालत गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस