नेपाल प्रहरी शिक्षालयको प्रशासनिक भवन साढे ५ करोडमा बन्दै « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

नेपाल प्रहरी शिक्षालयको प्रशासनिक भवन साढे ५ करोडमा बन्दै


१५ माघ २०७९, आइतबार


चितवन । नेपाल प्रहरी शिक्षालय भरतपुरमा साढे ५ करोडको लागतमा नयाँ प्रशासनिक भवन बन्ने भएको छ ।

सो भवनका लागि टेन्डर आह्वान भएर कस्मिक निर्माण सेवाले भवन बनाउने ठेक्का पाएको हो ।

कस्मिकले साढे ३ तला भवन बनाउन ५ करोड ३२ लाख ९१ हजारमा १५ महिना भित्र काम सक्ने गरी ठेक्का लिएको हो । अहिलेको भवन जीर्ण, साँघुरो तथा प्रशासनिक कामकाज गर्न निकै समस्या भएकाले नयाँ भवन बनाउन लागिएको हो ।

प्रहरी प्रधान कार्यालयले ५० लाख रकम भवनका लागि चालु वर्षमा विनियोजन गरेर निकासा गरेको छ । बाँकी रकम पनि माग गरिएको छ । शिक्षालयमा रहेका सालका रुख जोगाउने गरी जग्गा तयार गरिएको छ ।

३४ विगाहामा फैलिएको शिक्षालयमा बन्ने संरचनाहरूका गुरुयोजनाका लागि समेत काम भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस