सरकारमा सहभागिताबारे छलफल गर्न राप्रपाको बैठक बस्दै « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

सरकारमा सहभागिताबारे छलफल गर्न राप्रपाको बैठक बस्दै


१३ पुस २०७९, बुधबार


काठमाडौँ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने तय भएको महामन्त्री भुवन पाठकले जानकारी दिए ।

बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे छलफल हुनेछ । राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर, सरकारमा सहभागिताको विषयमा भने पार्टी हालसम्म अनिर्णित छ।

यद्यपी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेकै अवस्थामा पार्टी सरकारमा सहभागी हुने अवस्था नरहेको बताउँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस