काँग्रेस एम्बाप्पे, धेरै गोल हानेर गोल्डेन बुट जित्यो तर कप अर्कैले लग्यो : विश्वप्रकाश « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

काँग्रेस एम्बाप्पे, धेरै गोल हानेर गोल्डेन बुट जित्यो तर कप अर्कैले लग्यो : विश्वप्रकाश


११ पुस २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पछिल्लो राजनीतिक घटनाक्रमलाई विश्वकप फुटबलसँग तुलना गरेका छन्।

उनले फ्रान्सका केलियन एम्बाप्पेले सर्वाधिक गोल हानेजस्तै काँग्रेसले मंसिर ४ को चुनावमा धेरै सिट जितेर उपाधि गुमाउनु परेको टिप्पणी गरेका छन्।

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलमा बोल्दै उनले भने, ‘अस्ति विश्वकप भएको थियो नि, सबैभन्दा बढी गोल एम्बाप्पेले गरे। गएको मंसिर ४ को निर्वाचनमा सबैभन्दा बढी सिट काँग्रेसले जित्यो। तर भयो के भन्दा एम्बाप्पेले सबैभन्दा बढी गोल गर्‍यो, गोल्डेन बुट पनि जित्यो। तर कप चैँ अर्कैले लग्यो क्या।’ उनले पाँच वर्षपछि काँग्रेस उदाउने दाबी गरे।

‘अहिलेको च्याम्पियनलाई हामी ५ वर्षपछि डिफेन्डिङ च्याम्पियन बनाउँछौँ। हामी विजयी हुन्छौँ। देशभर सोध्दै गर्दा मैले भनेको सुरुवाती वाक्य नै डन्ट वरी। हामी छौँ हो’, उनले भने, ‘जब केही भत्कन्छ, निर्माणको सुरुआत त्यहीँबाट हुन्छ। नेपाली काँग्रेसका लागि यो टर्निङ पोइन्ट हो। अहिले नहुनुपर्ने भयो। जे नहुनुपर्थ्यो भयो। कोही कोही बेला जे भएको छ ठिकै भएको छ भन्ने लाग्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस