इन्जिनियर चढेको सरकारी गाडी प्रहरी नियन्त्रणमा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

इन्जिनियर चढेको सरकारी गाडी प्रहरी नियन्त्रणमा


१० पुस २०७९, आइतबार


काठमाडौँ । महाकाली पुल आयोजनाको गाडी विद्यार्थी नेताहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

आइतबार बिदाको दिन सरकारी गाडी दुरुपयोग गरिएको भन्दै महेन्द्रनगरको भाँसीबाट विद्यार्थी नेताहरूले पुल आयोजनाको प्रदेश नं. ३ बा ०६७९ नम्बरको गाडी नियन्त्रण लिएर प्रहरीलाई बुझाएका हुन्।

पुल आयोजनाका इन्जिनियरसहितको टोली घुमघाममा गइरहेको अवस्थामा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको एमाले निकट अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले बताए।

अनेरास्ववियु, युवा सङ्घ र माओवादी केन्द्र निकट वाइसियल लगायत सङ्गठनका नेताहरूले सरकारी गाडी दुरुपयोग रोक्न केही समययता छड्के गर्दै आएको वाइसिएलका कञ्चनपुर इन्चार्ज तिलक जप्रेलले बताए।

सार्वजनिक बिदाको दिन सरकारी गाडी प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने कानुनी प्रावधान छ।

पुल आयोजनाको गाडीले बिदाका दिन सवारी चलाउन अनुमति नलिएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले विद्यार्थीहरूले पुल आयोजनाको गाडी नियन्त्रणमा लिएर बुझाएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस