दलको नेता जितेको भए खुमलटार-बालकोट धाउनुपर्ने रहेछ : गगन थापा   « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

दलको नेता जितेको भए खुमलटार-बालकोट धाउनुपर्ने रहेछ : गगन थापा  


१० पुस २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले दलको नेतामा चुनाव हारेर आत्तिनु नपरेको प्रतिक्रिया दिएका छन् । दशौँ संस्करणको नेपाल साहित्य महोत्सवमा सहभागी हुन पोखरा आएका थापाले चुनाव हारेर आफू पोखरा आउन पाएको भन्दै ठट्टा गरेका छन् ।

दलको नेता जितेको भए सरकार गठनका लागि बालकोट र खुमलटार आउने जानेहरूका कारण तनाव हुने अवस्था आउने भन्दै उनले काँग्रेस नेतृत्वको गठबन्धन टुटेको पनि समाचार पढेर थाहा पाएको बताए । 

“दलको नेता भएको भए खुमलटारबाट बालकोट, बालकोटबाट बालुवाटार हुँदै गर्दा आउनुहुन्छ कि आउनुहुन्न भनेर आत्तिएर बस्नुपर्थ्यो । कम्तिमा ढुक्कले पोखरा आउन पाएँ,” उनले भने, “यो चाहिँ काठमाडौँको मान्छेको चित्त बुझाउने काइदा हो । कहिलेकाहीँ यसरी पनि चित्त बुझाउनुपर्छ ।”

काँग्रेस संसदीय दलको चुनावपछि गठबन्धनलगायत कुनै पनि बैठकमा सभापति शेरबहादुर देउवाले महामन्त्रीहलाई सहभागी गराएका थिएनन् । त्यहीकारण महामन्त्री थापा आइतबार पोखरामा छन् ।

‘कथा काठमाण्डुका’ सेसनको सुरुमा नै बोल्दै थापाले आफू ढुक्कले पोखरा आएको बताए । 

आफू संसदीय दलको नेताको चुनाव लड्ने तयारी गर्दै गर्दा महोत्सवका आयोजकले आफूलाई फोन गरेको र नभ्याउने जानकारी दिएको पनि उनले सम्झिए ।

Tags :
प्रतिक्रिया दिनुहोस