काठमाडौँको हसनतारबाट चितुवा नियन्त्रण « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

काठमाडौँको हसनतारबाट चितुवा नियन्त्रण


१० पुस २०७९, आइतबार


काठमाडौँ । काठमाडौँको हसनतारबाट एउटा चितुवालाई नियन्त्रणमा लिएको छ। 

आइतबार बिहान सवा १० बजे नागार्जुन नगरपालिका-७ हसनतारबाट नियन्त्रणमा लिइएको हो। 

चितुवाले कुकुरहरू खाएर दुःख दिएपछि प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि वन कार्यालयलाई बोलाएर चितुवालाई नियन्त्रणमा लिएको हो।

अहिले उक्त चितुवालाई ललितपुरको जावलाखेलस्थित चिडियाखानामा लगिएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस