जसपा, रास्वपा र राप्रपा नेताहरू बालकोटमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जसपा, रास्वपा र राप्रपा नेताहरू बालकोटमा


१० पुस २०७९, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरू एमाले अध्यक्ष केपी ओलीसँग छलफलमा जुटेका छन्। सत्ता गठबन्धनमा सहमति नजुटेपछि साना दलहरू एमालेसँग छलफलमा जुटेका हुन्।

माओवादी अध्यक्ष प्रचण्ड नपुग्दै जसपाका अशोक राई, रास्वपाका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङदेन बालकोट पुगेका छन्। काँग्रेसले पहिलो कार्यकाल माओवादीलाई प्रधानमन्त्री दिन नचाहेपछि प्रचण्ड बालुवाटार बैठक छाडेर हिँडेका थिए।

प्रचण्डले बैठक छाडेर हिँडेपछि काँग्रेसले गठबन्धन टुटेको बताएको छ। गठबन्धन टुटेसँगै एमाले र साना दलहरू छलफलमा जुटेका छन्। प्रचण्ड नपुग्दै बालकोटमा जसपाबाट अशोक राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रबी लामिछाने र राप्रपाका राजेन्द्र लिङदेन बालकोटमा पुगेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस