माधव र झलनाथ पनि निस्किए बालुवाटारबाट « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

माधव र झलनाथ पनि निस्किए बालुवाटारबाट


१० पुस २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि नेकपा एकीकृत समाजवादी केन्द्रका नेताहरू माधबकुमार नेपाल र झलनाथ खनाल पनि प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएका छन् ।

सत्तारुढ गठबन्धनका नेताहरू सरकार गठनको विषयमा छलफल गर्न बालुवाटारमा भेला भएका थिए ।

सत्तारुढ गठबन्धनमा सरकारको नेतृत्व पहिले कसले गर्ने विषयमा विवाद रहेको छ । नेपाली काँग्रेस र माओवादी केन्द्र दुवैले आफूले पहिलो पालीमा सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दै आएको छ ।

राष्ट्रपति सरकार निर्माणका लागि गरेको आह्वानको समय सीमा आज साँझ सकिँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस