२० लाख बराबरको अवैध सामान बरामद « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

२० लाख बराबरको अवैध सामान बरामद


९ पुस २०७९, शनिबार


झापा । झापा प्रहरीले २० लाख बराबरको अवैध सामान बरामद गरेको छ । शनिबार बिहान इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा ल्याइएका १९ पोका कपडा र २ पोका गाडीका पार्टपुर्जा बरामद गरेको हो । बरामद सामान २० लाख बराबरको रहेको प्रहरीको भनाई छ ।

प्रहरीले ती सामान झापाको मेचीनगर नगरपालिका ८ खडियाबस्ती स्थित सडक छेउको गाइ गोठबाट बरामद गरिएको जानकारी दिएको छ । ती सामान मेची भन्सार कार्यालयमा बुझाइएको प्रहरीको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस