चलचित्र ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चलचित्र ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक


९ पुस २०७९, शनिबार


काठमाडौँ । नेपाली चलचित्र ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक भएको छ । पुस २९ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको चलचित्रको ट्रेलरले प्रेम, बिछोड र बदलाको कथा देखाइएको छ ।

ट्रेलरमा चलचित्रका तीन मुख्य कलाकार सारा सिर्पाली, प्रितमराज सेन्चुरी र कबिर खड्कालाई देख्न सकिन्छ ।

अष्ट महर्जनको निर्देशन रहेको चलचित्रमा सारा र प्रितम, करिबको अलवा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ ।

विगत २ दशकदेखि चलचित्रको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो निर्देशन डेब्यु चलचित्र हो । प्रितमराजले पनि यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेका हुन् । हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्र ए।एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।

हेर्नुस् ट्रेलर भिडियो:

Tags :
प्रतिक्रिया दिनुहोस