काँग्रेस कर्णाली प्रदेश दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेस कर्णाली प्रदेश दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत 


८ पुस २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसको कर्णाली प्रदेश सभा संसदीय दलको नेतामा जीवनबहादुर शाही चयन भएका छन्।

शुक्रबार दलका सांसदहरूले मुख्यमन्त्रीसमेत रहेका शाहीलाई सर्वसम्मत दल नेता चयन गरेका हुन्।

काँग्रेस कर्णाली प्रदेश समितिका प्रवक्ता दमन शाहीले दल नेतामा शाही सर्वसम्मत चयन भएको बताए।

यसअघि जाजरकोटका राजीवविक्रम शाहले आफू पनि संसदीय दलको नेताको दावेदार रहेको बताएका थिए।

शुक्रबार उनले पनि जीवनलाई नै समर्थन गरेको प्रवक्ता शाहीले बताए।

काँग्रेस कर्णाली प्रदेश कार्यसमितिले शनिबार दल नेता चयन गर्ने तयारी गरेको थियो। शुक्रबार अपराह्न ३ बजेदेखि ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्न समय दिइएको थियो।

कर्णाली प्रदेश सभामा काँग्रेसका १४ जना सांसद छन्।

Tags :
प्रतिक्रिया दिनुहोस