सुनको मूल्य १ हजार २ सय रुपैयाँले घट्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य १ हजार २ सय रुपैयाँले घट्यो


८ पुस २०७९, शुक्रबार


काठमाडौँ ।  लगातार बढेको सुनको मूल्य आज भने घटेको छ ।

सुन आज तोलामा १ हजार २ सय रुपैयाँले घटेर १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो बिहीबार भने सुनको मूल्य तोलामा १ लाख १ हजार ५ सय रुपैयाँ थियो । 

त्यस्तै, चाँदीको पनि मूल्य पनि आज घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस