शपथपछि विश्वप्रकाशले भने: ‘आजबाट राजनीतिक रूपमा मेरो अर्को जन्म भयो’ « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

शपथपछि विश्वप्रकाशले भने: ‘आजबाट राजनीतिक रूपमा मेरो अर्को जन्म भयो’


७ पुस २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजबाट आफ्नो राजनीतिक जन्म भएको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले पहिलो पटक सांसदको शपथ लिँदा आफूले जनताका विषयहरूलाई गम्भीरताका साथ लिएको बताए । उनले जन्मदिनकै सेरोफेरोमा राजनीतिक कार्यहरू अहिले धेरै भइरहेको भन्दै यी कार्यहरूलाई आफूले राजनीतिक जन्मको सुरुवातको रूपमा लिएको बताए ।

महामन्त्री शर्माले शपथ लिँदा गौरव गरे जति नै गम्भीरता पनि लिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस