कर्णाली नदीमा ट्याक्टर बेपत्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्णाली नदीमा ट्याक्टर बेपत्ता


६ पुस २०७९, बुधबार


काठमाडौँ । कर्णाली नदीमा ट्याक्टर खसेर बेपत्ता भएको छ । दैलेख गुराँस गाउँपालिका वडा नम्बर २ अन्तर्गत भलायाको मोडस्थित कर्णाली राजमार्गमा ट्याक्टर कर्णालीमा खसेको हो । 

प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार बिहान सुर्खेतबाट दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकातर्फ गइरहेको क.प्र.०२००१ त.०१४७ नम्बरको उक्त ट्याक्टर नदीमा खसेको हो । 

ट्याक्टर मोडबाट २०० मिटर तल कर्णाली नदीमा खस्न गई नदीमा बेपत्ता भएको हो । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । हाम फालेर फरार भएका ट्याक्टर चालक हामको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस