सांसदलाई दीपकराजको कटाक्ष : घाँस खान छोडेर कोही परालतिर जान्छ? « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

सांसदलाई दीपकराजको कटाक्ष : घाँस खान छोडेर कोही परालतिर जान्छ?


६ पुस २०७९, बुधबार


काठमाडौँ । दीपकराज गिरी समसामयिक मुद्दामा विचार राखिरहने अभिनेतामध्ये पर्छन् । खास गरी राजनीतिमा उनको चासो छ । आफ्ना फिल्मको केन्द्रमा पनि उनी राजनीतिलाई राख्छन् ।

उनै दीपकले बुधबार भएको नेपाली काँग्रेस संसदीय दलको नेताका लागि भएको चुनाव र यसको नतिजालाई लिएर व्यङ्ग्य गरेका छन् । उनी लेख्छन्, ‘सरकार र शक्ति भनेको घाँस हो । परिवर्तन भनेको पराल हो । घाँस खान छोडेर परालतिर जान्छ कोही ?’

संसदीय दलको नेताका लागि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा थिए । देउवा ६४ मत ल्याएर विजयी हुँदा थापाले २५ मत पाए ।

काँग्रेस संसदीय दलको नेताको यो चुनावलाई लिएर सामाजिक सञ्जालमा समेत व्यापक टीकाटिप्पणी भइरहेको थियो भने धेरैले यसलाई चासोको रूपमा लिएका थिए ।

काँग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने परम्परा छ । तर देउवालाई चुनौती दिँदै थापाले उम्मेदवारी दिएपछि चौतर्फी चासो थियो । कलाकारले समेत यसप्रति चासो राखेका थिए । दीपकराज गिरीको उक्त कटाक्ष काँग्रेस सांसदप्रति लक्षित भएको बुझ्न कठिन छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस