बालुवाटार पुगेर रामचन्द्र पौडेलले दिए देउवालाई बधाई « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बालुवाटार पुगेर रामचन्द्र पौडेलले दिए देउवालाई बधाई


६ पुस २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बुधबार पुगेर पौडेलले देउवालाई बधाई दिएका हुन् ।

संसदीय दलको नेतामा देउवाको प्रस्तावक बसेको पौडेलले सामाजिक सञ्जालमार्फत बधाई दिएको तस्बिर सार्वजनिक गरेका छन् । विगतमा काँग्रेसभित्र देउवाका प्रतिस्पर्धी मानिएका पौडेल १४ औँ महाधिवेशनयता सहयोगीको भूमिकामा देखिएका छन् ।

०६४ मा देउवालाई संसदीय दलमा पराजित गरेर पौडेल दलको नेता बनेका थिए भने ७२ मा देउवासँग पराजित भएका थिए । १३ औँ महाधिवेशनमा देउवासँग पराजित उनी १४ औँ महाधिवेशनमा प्रतिस्पर्धीको रिङबाट आउट हुन पुगे ।

त्यसपछि पौडेल र देउवाबीच सहकार्य भइरहेको छ । पौडेल प्रस्तावक बसेको संसदीय दलको चुनावमा देउवा भारी मतान्तरले निर्वाचित भएका छन् । आज बिहान भएको दलको नेताको निर्वाचनमा देउवाले ६४ भोट पाउँदा महामन्त्री गगन थापाले २५ मत पाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस