म सरकारमा जान्न, जाने नेताहरुलाई संयोजन गर्छु : महामन्त्री शर्मा « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

म सरकारमा जान्न, जाने नेताहरुलाई संयोजन गर्छु : महामन्त्री शर्मा


६ पुस २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्नेकुरामा आफू नरहेको स्पष्ट पारेका छन्।

बुधवार काँग्रेस संसदीय दलको नेताको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले नयाँ सरकारमा मन्त्री बन्नेतिर आफू नलाग्ने बताएका हुन। उनले पार्टी कार्यालयमा बसेर गर्ने आफ्नो कामहरु धेरै भएको उल्लेख गरे।

उनले पार्टीले महामन्त्री बनाएको वर्ष दिन मात्रै भएको भन्दै पार्टीलाई सु–संगठित गर्ने धेरै कामहरु आफ्नो जिम्मामा रहेको बताए। महामन्त्री शर्माले सरकारमा जाने पार्टीका नेताहरुलाई घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धताअनुसार काम गर्न आग्रह गर्नेकुरामा आफू लाग्ने पनि बताए।

उनले भने, ‘महामन्त्री भएको वर्ष दिन पुग्दैछ । अझै धेरै कुराहरु गर्न बाँकी नै छन्। मलाई यीनै साथीभाईहरुले एक वर्षअघि मात्रै पार्टीको महामन्त्री बनाउनुभएको हो। मेरो काँधमा कति वटा कामहरु गर्न नसकिराखिएको, गर्न नभ्याइरहेको र कामहरुले मलाई पर्खिरहेको बेला छ। अनि विश्वप्रकाश शर्मा तुरुन्तै मन्त्री बन्नतिर लागेर हुन्छ ? यो उचित हुँदैन भनेर अहिले म मन्त्री बन्ने कुरामा छैन भनेको हो। अहिले सरकारमा जाने कुरामा साथीहरु जानुहुन्छ, जान चाहनेहरु साथीहरुलाई संयोजन गर्नु रामो हुनेछ। सरकारमा जाने साथीहरुलाई यो घोषणापत्र बोकेर काम गर्नुहोला है भनेर भन्नु राम्रो। तर अहिले मैले पार्टीको कार्यालयमा बसेर कार्य गर्नुपर्छ। त्यसकारण मन्त्री बन्नेकुरामा तत्कालै विश्वप्रकाश शर्मा लाग्नु हुँदैन।’

महामन्त्री शर्माले सरकारमा जाने सांसदहरुको संयोजनलगायतका कामहरु अघि बढाउने कुरामा आफू लाग्ने पनि बताए।

Tags :
प्रतिक्रिया दिनुहोस