पर्साको कार्टुन उद्योगमा आगलागी हुँदा १४ करोडको क्षति « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

पर्साको कार्टुन उद्योगमा आगलागी हुँदा १४ करोडको क्षति


६ पुस २०७९, बुधबार


काठमाडौँ । पर्साको कार्टुन उद्योगमा आगलागी हुँदा १४ करोड बराबरको क्षति भएको छ।

मंगलबार मध्यराति बिन्दबासिनी गाउँपालिका-२ गर्दौलस्थित बाबा प्रिन्‍टिङ एन्ड प्याकेजिङ इन्ड्रस्ट्रिज प्रालिमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए।

आगलागी भएपछि वीरगन्ज महानगरपालिकाबाट दुई वटा, पोखरिया नगरपालिकाबाट एउटा, विपद व्यवस्थापन गुल्मबाट एउटा गरी चार वटा दमकल प्रयोग भएको थियो।

प्रहरी, सशस्त्र प्रहरी खटिएर आगलागीलाई पौने ३ बजे नियन्त्रणमा लिएको हो। त्यहाँ रहेको कच्चा पदार्थ, मेसिनरी सामानहरू तथा तयारी गरिएका कार्टुन लगायत गरी १४ करोडको क्षति भएको पीडित पक्षको दाबी छ।

कसरी आगलागी भएको हो र यकिन क्षति विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस