सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


६ पुस २०७९, बुधबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य ८०० सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ७०० रुपैयाँ कायम छ । हिजो मङ्गलवार सुनको मूल्य तोलामा १ लाख ४०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ९०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा २५ रुपैयाँले बढेर चाँदीको मूल्य १४ सय रुपैयाँ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस