शक्ति बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

शक्ति बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै


६ पुस २०७९, बुधबार


काठमाडौँ । चुनावपछिको शक्ति बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनका पाँच दलको बैठक बस्ने भएको छ।

नेपाली काँग्रेसको संसदीय दलको नेता चयनको परिणाम सार्वजनिक भएपछि यस विषयमा छलफलका लागि बैठक राख्ने तयारी भएको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिणाम लगत्तै बैठक राख्ने तयारी भएको बताएका छन्।

‘शक्ति बाँडफाँट बारेको प्रस्तावमा अनौपचारिक छलफलका लागि काँग्रेस संसदीय दलको मत परिणामपछि गठबन्धनको बैठक बस्ने तयारी छ,’ उनले भनेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस