चारआली जङ्गलमा दुई जनाको शव फेला « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

चारआली जङ्गलमा दुई जनाको शव फेला


४ पुस २०७९, सोमबार


काठमाडौँ । झापामा दुई जनाको शव फेला परेको छ। 

सोमबार पौने ३ बजे मेचीनगर नगरपालिका-१३ चारआली जङ्गलमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मृतक एक जना पुरुष र अर्का महिला छन्। प्रहरीका अनुसार दुबै जनाको पहिचान भइसकेको छैन। 

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्। उनीहरू झुन्डिएको अवस्थामा देखिएको प्रहरीको भनाई छ । 

घटनाबारे थप बुझ्न इलाका प्रहरी कार्यालय काँकडभित्ताबाट डिएसपी ज्ञानबहादुर महत्तोको नेतृत्वमा टोली खटिएको छ।

धुलाबारीबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको छ। 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस