सरकारमा सहभागी हुने रविको सङ्केत « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

सरकारमा सहभागी हुने रविको सङ्केत


४ पुस २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने सङ्केत गरेका छन् । सोमबार निर्वाचन आयोगमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले आफ्नो पार्टीले सरकारमा नजाने निर्णय गरी नसकेको बताए । उनले आफ्नो पार्टीभित्र सत्ताको विषयमा छलफल भइरहेको जानकारी दिए ।

“हामी छलफलमा छौँ । सरकारमा जाने अथवा नजाने निर्णय गरिसकेका छैनौँ,” उनले भने । 

उनले पार्टीले सङ्घीयता र प्रदेश संरचनाको विरोध नगरेको उल्लेख गरे । “हामीले प्रदेश चाहिँदैन भनेको होइन । कार्यकर्ता भर्ती गर्ने ठाउँ बनाउनु भएन,” उनले भने, “प्रदेश संरचनालाई सुधार गर्नुपर्छ भनेका हौँ ।”

Tags :
प्रतिक्रिया दिनुहोस