काँग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक


२ पुस २०७९, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसले आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक दिउँसो ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

४ मंसिरको चुनावपछि बस्न लागेको यो दोस्रो कार्यसम्पादन समितिको बैठक हो । यो बैठकमा संसदीय दलको नेता चयन र नयाँ सरकारका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

काँग्रेसमा हालसम्म सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापालगायतले संसदीय दलको नेतामा दाबी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस