पोलिटिकल भाउ चर्को छ,यसले स्थिरता दिँदैन : ओली « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

पोलिटिकल भाउ चर्को छ,यसले स्थिरता दिँदैन : ओली


२ पुस २०७९, शनिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको परिणामले राजनीतिक बजारलाई महँगो पारेको भन्दै यसले अस्थिरता उत्पन्न गरेको बताएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतालाई सही दिशामा डोर्‍याउन नसक्दा चुनावले गलत नतिजा दिएको बताए । उनले जनतालाई सचेत गराउन नसक्नु प्रमुख दलको नेताको हैसियतले आफ्नो पनि कमजोरी रहेको बताए ।

ओलीले भने– ‘जनतालाई सचेत गराउन नसक्नु,सही दिशामा लैजान नसक्नु प्रमुख दलको नेताको हैसियतले मेरो पनि कमजोरी स्वीकार गर्छु । अब कस्तो सरकार बन्छ भन्ने म ५८ वर्ष राजनीति गरेको मान्छेले भन्न नसक्ने अवस्था छ । अहिले सबैभन्दा चर्को महँगी कतै छ भने पोलिटिकल बजारमा छ । पोलिटिकल भाउ चर्को छ,यसले स्थिरता दिँदैन ।’

सत्ता गठबन्धनले आफ्नो संख्या नपुगेर थप अरू दल खोजेर झन् ठुलो गठबन्धन बनाउन खोजे पनि त्यसको आकार प्रस्ट नभएको ओलीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस