मेरो कार्यकालमा प्रशासनिक नेतृत्वबाट असहयोग भएर काम गर्न समस्या : त्रिलोचन भट्ट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मेरो कार्यकालमा प्रशासनिक नेतृत्वबाट असहयोग भएर काम गर्न समस्या : त्रिलोचन भट्ट


२ पुस २०७९, शनिबार


काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो पाँच वर्षे कार्यकालमा प्रशासनिक नेतृत्वबाट असहयोग भएर काम गर्न समस्या आएको बताएका छन्। शनिबार धनगढीमा पत्रकार महासङ्घ कैलालीको साधारण सभामा बोल्दै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन्। उनले प्रदेश सरकारको प्रमुखका रूपमा काम गर्दा आफूले प्रणालीमा समस्या देखेको बताए।

‘राजनीतिक र प्रशासनिक रूपमा नेतृत्व सुधार हुन जरुरत रहेको छ। अहिले पनि प्रशासनिक सहयोग नभएर टेबलको फाइल यता र उता गर्नुपर्ने बाध्यता छ,’ उनले भने। प्रदेश सभाबाट थुप्रै कानुन ल्याए पनि कार्यान्वयन गर्ने अन्य काम गर्न नसकिएको मुख्यमन्त्री भट्टले बताए। उनले सुदूरपश्चिममा केन्द्र सरकारले ठुला योजना नदिनुले रोजगारी र विकास चाहे अनुसार गर्न नसकिएको बताए।

उनले पत्रकार र सञ्चारमाध्यमले सुदूरपश्चिमको हकमा राष्ट्रिय स्तरमा पनि प्रश्न उठाउनु पर्ने बताए। ‘दुर्गममा विकासका कुरा सरकार समक्ष पुर्‍याउन सहयोग गर्न आग्रह छ,’ उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस