अमेरिकाको टेक्सासमा ५.७ म्यग्निच्युडको भूकम्प « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अमेरिकाको टेक्सासमा ५.७ म्यग्निच्युडको भूकम्प


२ पुस २०७९, शनिबार


काठमाडौँ । अमेरिकाको टेक्सासमा ५ दशमलव ७ म्यग्निच्युडको भूकम्प गएको छ ।

भूकम्प स्थानीय समय अनुसार शुक्रबार साँझ ५:३५ बजे गएको हो । टेक्सासबाट २२ किलोमिटर उत्तर पश्चिममा करिब ८ किलोमिटर गहिराइमा गएको अमेरिकी भू-गर्भ सर्वेक्षणले जनाएको छ । भूकम्प गए लगत्तै पराकम्पन गएको थियो ।

भूकम्प टेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भएको सर्वेक्षणले जनाएको छ । भूकम्पले गरेको क्षतिको विवरण भने सार्वजनिक हुन बाँकी रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस