तत्काल केन्द्रीय समिति बैठक बोलाउन काँग्रेस नेताहरूको माग  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

तत्काल केन्द्रीय समिति बैठक बोलाउन काँग्रेस नेताहरूको माग 


१ पुस २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका करिब एक दर्जन केन्द्रीय सदस्यको बैठकले पार्टी सुदृढीकरणका लागि छलफल गरेको छ । 

ललितपुरको एक होटेलमा केन्द्रीय सदस्य, मीन विश्वकर्मा, नैनसिंह महर, मदनञ अमात्य, योगेन्द्र चौधरी, भोजराज श्रेष्ठ, हरिकृष्ण नेपाली, नानु बास्तोला, सरस्वती अर्याल, अब्दुल मियाँ लगायत सहभागी थिए।

सङ्कटग्रस्त अर्थतन्त्र र चुनावी समीक्षाका लागि केन्द्रीय समिति बैठकको माग गर्न बैठकले निष्कर्ष निकालेको विश्वकर्माले बताए । प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिना भइसक्दा पनि काँग्रेसले चुनावी समीक्षा समेत गरेको छैन । केन्द्रीय सदस्यहरूले संस्थापन पक्षभित्र केही नेताहरूको मनोपोली चलेकोमा चिन्ता व्यक्त गरेका थिए ।

संस्थापक पक्षभित्र भइरहेको पक्षपाती व्यवहारबारे सभापति शेरबहादुर देउवालाई भेटेर उनीहरूले ध्यानाकर्षण गराउने भएका छन् ।  केन्द्रीय समितिमा मोर्चाबन्दी गरेर दबाब बढाउने उनीहरूको तयारी छ । विश्वकर्माले छलफललाई आगामी दिनमा अगाडि बढाउने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस